Thursday, December 4, 2025

माटोको दिगो व्यवस्थापन गर्दै भावी पुस्तालाई हस्तान्तरण गरौँ।

 बार्हौ विश्व माटो दिवस डिसेम्बर ५ "Healthy soils for healthy cities" (स्वास्थ्य माटो स्वास्थ्य गाउँशहर) भन्ने नाराका साथ यस वर्ष माटो दिवस मनाइरहेको सन्दर्भमा माटोको महत्व झल्काउने सानो सन्दर्भ यहाँ प्रस्तुत गरिएको छ।

माटो पानी, हावा, खनिज, प्राङ्गारिक पदार्थ, साना र सूक्ष्म जीवहरु मिलेर बनेको हुन्छ। सामान्यतया माटोमा ४५ प्रतिशत खनिज, २०-३० प्रतिशत पानी, २०-३० प्रतिशत हावा र ५ प्रतिशत प्राङ्गारिक पदार्थ (सूक्ष्म जीवहरु तथा जीवांस) हुन्छ । हावा र पानी माटोको छिद्रहरूमा मिलेर बसेका हुन्छन् । माटोमा हावा र पानीको मात्रा लगभग बराबर भएको सन्तुलित मानिन्छ । माटोमा प्राङ्गारिक पदार्थको मात्रा सबैभन्दा कम हुने भए तापनि यसले माटोको स्वस्थ, बनोट बनोट र उर्वराशक्तिलाई निकै प्रभाव पारेको हुन्छ । यसका अलावा माटोमा असंख्य शुक्ष्म जीवाणु रहेका हुन्छन् । जसले माटोमा रहेका खाद्य तत्वलाई बोटबिरुवाले सोस्नलायक बनाउन मद्दत गर्दछन्।

माटो केवल खनिजहरूको ठोस मिश्रण नभएर विभिन्न जीवहरू; गड्यौला, कीरा, फट्याङ्ग्रा, मुसा देखि सूक्ष्मजीवहरू जस्ता ब्याक्टेरिया, फङ्गस लगायतका जीव, जैविक पदार्थ, खनिज तत्व, पानी र हावाको सम्मिश्रण हो जसले माटोमा जीवन संचालन गरिरहेका हुन्छन्। माटोमा रहेका यी जीवहरुले एकअर्कासँग निरन्तर प्रतिक्रिया गर्दै जटिल र परिवर्तनशील पोषक तत्त्वहरूको चक्रमा महत्वपूर्ण भूमिका खेल्छन् । यसको फलस्वरुप बिरुवाको वृद्धि र जीवनका लागि आवश्यक वातावरण प्रदान गर्दछन्। माटोमा पानी र हावाको उपस्थितिले माटो जिवित बनाउन सहयोग गर्छ।  पोषण चक्र सञ्चालन गर्ने यी सूक्ष्मजीवहरूको सक्रियताले माटोलाई जीवित तत्व भएको प्रमाणित गर्छ । यसले माटोको उर्वराशक्ति जिवन्त राख्न मद्दत गर्छ । माटो बिना कुनै पनि प्रकारको जीवन सम्भव छैन र यो जीवनको आधार हो। । यसले बिरुवा र सबै जीवको जीवन चक्रलाई पनि समृद्ध बनाउँछ।

माटोको उर्वराशक्ति भनेको माटोमा रहेको त्यो अन्तरनिहित शक्ति हो, जसले माटोमा रहेको खाद्यतत्व सोसेर लिन, बिरुवा हुर्कन, बढन, फूल खेल्न र फल लाग्न पनि मद्दत गर्दछ ।  माटोको उर्वराशक्ति उपलब्ध जलवायु, प्रयोग हुने प्राङ्गारिक तथा रासायनिक पदार्थ र लगाइएको बाली अनुसार प्रभावित हुने गर्दछ।

कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि रासायनिक तत्वहरू आवश्यक हुन्छन्, जसमा १८ वटा तत्वहरू विशेषगरी महत्वपूर्ण छन् । यी आवश्यक तत्वहरू बिरुवाले दुई विभिन्न स्रोत- माटो र हावाबाट प्राप्त गर्छ। प्रायः माटोमा रहेका सूक्ष्मजीवहरूले माटोमा रहेको खाद्य तत्व बोटबिरुवाले सोस्न लायक बनाएर आवश्यक पोषकतत्त्व उपलब्ध गराउन गर्छन् ।

कृषि क्षेत्रको देशको आर्थिक मेरुदण्ड हो  जो माटो पानीमा आधारित छ।  हालको परिवर्तित कृषि प्रणालीमा लगातार खेती गर्ने, सन्तुलित मात्रामा प्राङ्गारिक पदार्थको प्रयोग नगर्ने, असन्तुलित रुपमा कृषि रसायन र गर्हौ मसिनरी प्रयोगका कारण माटोमा रहेका शुक्ष्म जीवाणुमा कमि भएको र माटोको भौतिक तथा रासायनिक गुण प्रभावित हुने गर्दछ।

प्राङ्गारिक मलको कम प्रयोग, रासायनिक मलको जथाभावि प्रयोग, अम्लीय माटोको सुधार नहुनु, वन जङ्गल फाँडानी हुनु, बालीको उचित व्यवस्थापन नहुनु, कृषि वनको अवधारण नअपनाउनु, भू-क्षयको नियन्त्रण नगर्नु जस्ता कारणले हाम्रो देशको माटोको उर्वराशक्ति ह्रास भईरहेको छ ।  माटोको दिगो व्यवस्थापन नगरी निरन्तर खेती र रसायन प्रयोग गरेमा माटोको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरण भइ भावी सन्ततिको खाद्य सुरक्षा प्रभावित हुने देखिन्छ । तसर्थ, माटो प्रकृतिले दिएको सर्वोत्तम उपहार र जीवनको आधार हो, यसको समुचित उपयोग गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्दछ । माटोको गुणस्तर र उर्वराशक्ति बचाइराख्न हामी सबै कृषक, अनुसन्धानकर्ता, नीति निर्माता, युवा, अन्य सरोकारवाला सचेत र जागरुक भइ माटोको दिगो व्यवस्थापनमा अग्रसर हुन जरुरी छ।

Wednesday, September 1, 2021

अदुवाको गानो कुहिने रोगको एकिकृत व्यवस्थापन

परिचय

गानो कुहिने रोग अदुवा र बेसार खेतीमा देखिने अति नै महत्वपूर्ण रोग हो जसले ठूलो आर्थिक क्षति गर्ने गर्दछ । यो रोग श्रावण भाद्र महिनामा हावामा प्रशस्त अद्र्रता र माटोमा पनि चिस्यान भैरहेको समयमा देखा पर्छ र द्रुत गतिमा संक्रमण गर्ने गर्दछ । आजभोली यो रोगको लागि वातावरण सुहाउँदो रहेकोछ दिनदिनै पानी पर्नाले माटोमा चिस्यान छ त्यस्तै हावामा पनि आद्र्रता बढी छ । त्यसैले कृषक स्रोताहरु यस रोग प्रति सचेत भै ध्यान पुर्याएको खण्डमा सम्भावित क्षति हुनबाट जोगिनु हुनेछ भन्ने अभिप्रायले आजको प्रस्तुती  उत्पादन र क्षेत्रफलको हिसाबले नेपालमा प्रमूख खेती गरिने मसलाबाली अदुवाको गानो कुहिने रोग र यसको एकिकृत व्यवस्थानमा केन्द्रित रहेको छ । यो रोगले बिभिन्न ठाउँहरुमा ५० देखि ७५ प्रतिशतसम्म उत्पादन क्षति गरेको पाईन्छ तर उपयूक्त वातावरण भएमा सत प्रतिशत क्षति गर्न सक्दछ ।
चित्रः अदुवाको गानो कुहिने रोगी विरुवा
 
अदुवाको रोगी बोटमा पिथियम अफानिडरर्माटम, पिथियम मोरिटिलम, स्केलेरोटियम रोफ्सी, फुजारियम सोलानी, फुसारियम अक्सिस्पोरम, फुजारियम जिन्जिबेरी (Pythium aphanidermatum, P. myriotylum, Sclerotium rolfsii, Fusarium solani, F. oxysporium, F. gingiberi)  नामक ढुसी र मेलोईडोगाईन एरेना -Meloidogyne Arenaria) नामक जुकाले आक्रमण गरेको पाईएको छ । यी ढूसी वा जुका मध्ये कुनै एकको आक्रमणले वा एकै पटक एक भन्दा बढीले एकै पटक आक्रमण गर्नाले गानो कुहिने रोग लाग्ने गरेको पाईन्छ । यस मध्ये पिथियम अफानिडरर्माटम र फुजारियम सोलानी (Pythium aphanidermatum / Fusarium solani) गानो कुहिने रोगका प्रमुख कारक जीव हुन् ।

रोगको लक्षण

v  अदुवाको सराको तल्लो पातको टुप्पो पहेंलिदै जान्छ र पातको दुवै छेउ हुँदै विस्तारै सराको फेंदसम्म फैलिंदै जान्छ तर पातको बीचको भाग हरियै रहन्छ ।
v  बिस्तारै सवै पातहरु तलदेखि माथिसम्म पहेलिंदै जान्छन् । यी पातहरु सुक्दै लत्रिन्छन् र भुँईमा झर्छन् ।
v  पातको सराले बेरिएको डाँठको बीच्चको तन्तु बिग्रिनाले पानीले भिजेको जस्तो भई पहेंलो खैरो रंगमा परिणत हुन्छ ।
v  पछिल्लो अवस्थामा रोगी सराहरु (वा बोट) तान्दा सजिलै उखेलिन्छ र सराहरु जमिनमा ढलेका देखिन्छन् तथा गानो फ्यात्त कुहेको हुन्छ र गन्ध पनि आउने गर्छ ।
v  यो रोग लागेको गानो भण्डारणमा पनि कुहिन्छ ।

रोगचक्र तथा वातावरणीय सम्बन्ध

v  रोगी बीउ गानो नै यो रोगको प्रमूख स्रोत हो । यो रोगको ढुसी भएको माटो, माटोमा रहेका रोगी डाँठ, पात र बोटका अन्य भागहरु, यो रोग अदुवा लगाएको खेतमा स्थापना गर्ने स्रोत हुन् ।
v  वायूमण्डलमा प्रशस्त आर्द्रता भएको र २५ देखि ३५ डिग्री सेल्सियस तापक्रममा यो रोग निकै आक्रमक तरिकाले बृद्दि हुने गर्दछ । प्राय ः श्रावणदेखि भाद्र महिनामा यस्तो वातावरण मिल्नगई यो रोगको प्रकोप बढी देखिन्छ ।
v  अदुवा रोपेको जमिनमा पानी जम्ने र निकासको व्यवस्था छैन भने यस्तो जग्गामा यो रोग छिट्टै फैलन्छ र पूरै खेतको गानो संक्रमितभई उत्पादन सखाप पार्दछ ।

गानो कुहिने रोगको एकिकृत व्यवस्थापन विधि

अदुवा खेतमा यो रोगको ढुसीको लागि उपयूक्त वातावरण भएमा निकै आक्रमक तरिकाले बढ्छ । यो विभिन्न किसिमका ढुसी, जिवाणु तथा कीराको आक्रमणबाट लाग्ने एक जटिलखालको रोग भएकोले रोग लागि सकेपछि पूर्णतया व्यवस्थापन गर्न निकै कठिन हुन्छ । त्यसैले बालीमा यो रोग लाग्नबाट बचाउन वा रोग स्थापना हुन नदिन सम्भव भएका हरेक उपायहरुलाई एकिकृत तरिकाले अपनाउनु नै बुद्दिमानी हुन्छ । यो रोग व्यवस्थापन गर्न अपनाउन सकिने विभिन्न विधिहरु तल उल्लेख गरिएका छन् ।

१. कृषिगत विधि

२. भौतिक विधि

३. जैविक विधि

४. रासायनिक विधि,

५. उपयूक्त भण्डारणको व्यवस्था गरेर

१. कृषिगत विधि (Cultural Practices)

अदुवाबालीमा गानो कुहिने रोग लाग्ने वातावरण श्रृजना हुनबाट बचाउन विभिन्न किसिमका कृषि बिधिहरु अपनाउन सकिन्छ, जस्तै

ü  गानो कुहिने रोग रहित स्थानमा उत्पादन गरिएको स्वस्थ्य बीउ गानोको मात्र प्रयोग गर्ने,
ü  पानी नजम्ने वा जल निकासको व्यवस्थापन नभएको ठाँउ अदुवा खेतीको लागि छनोट नगर्ने, खेती गर्नै पर्ने अवस्थामा जल निकासको राम्रो प्रबन्ध मिलाउने वा १०–१५ से.मि. उठेको ड्याङ बनाई खेती गर्ने,
ü  अदुवा बाली लगाईएको खेतबारीबाट झारपात हटाएकर सफा राख्ने र स्याउला, पात, खर वा परालले छद्यावरण (मल्चिङ) अनिवार्य गर्ने,
ü  अदुवा वा बेसार चैत्र महिना भित्र अदुवा लगाई सक्ने, (ढीलो लगाएमा रोगले बढी आक्रमण गरेको पाईन्छ),
ü  यो ढुसी माटो वा रोगी गानो, डाँठमा दूई वर्ष सम्म जिवित रहने हुँदा बाली चक्र अनिवार्य अपनाई कुनै पनि जग्गामा तीन वर्षमा एक पटक मात्र अदुवा लगाउने,
ü  अदुवा खनिसकेपछिको अवशेष जरा, सरा, रोगी गानो, पात अदि सबै संकलन गरि जलाईदिनु पर्दछ र यस पछि लगाएको बालीमा उम्रेका अदुवाको बोटहरु पनि उखेलेर नष्ट गर्ने,
ü  लगाउने सिफारिस दुरी कायम गर्ने वा बाक्लो गरी नलगाउने, र सिफारिस मात्रामा मल (१२५० कि.ग्रा. कम्पोष्ट र क्रमशः ३, २ र १ कि.ग्रा. नाईट्रोजन, फोस्फोरस र पोटास प्रति रोपनी) प्रयोग गर्ने,
ü  बीउको लागि छिप्पीएको (नौ महिना पुगे पछि खन्ने) गानोमात्र प्रयोग गर्ने
ü  टिस्यूकल्चर विधीबाट रोग मुक्त विरुवा उत्पादन गरी प्रयोग गर्ने (दीर्घकालिन उपाय)।

२. भौतिक विधि (Physical Practices)

ü  बीउ गानोलाई तातो पानीले ५१ डिग्री सेल्सियस तापक्रममा १० मिनेटसम्म उपचार गरेर लगाउनाले यो रोग कम लाग्दछ,
ü  १० देखि १५ से.मी. अग्लो ड्याङ बनाई सेतो प्लाष्टिकले छोपी १ महिना माटो निर्मलिकरण (सोलाराईजेसन) गरेर अदुवा रोप्ने,
ü  अदुवा बालीमा फाट्टफुट्ट गानो कुहिने रोग देखा पर्ना साथ रोगी देखिएका बोट उखेलेर जलाई नष्ट गर्दै जाने

३. जैविक विधि (Biological management)

ü  बीउ रोप्नु भन्दा पहिले माटोमा बोर्डो मिस्रण (६:६:५०) ७ लिटर प्रति वर्गफुटका दरले र बीउ उम्रेपछि २ देखि ३ हप्ताको फरकमा (५:५:५०) छर्किनाले केही हदसम्म गानो कुहिने कम गर्न सकिन्छ,
ü  वा गानो बीउ लगाउनु भन्दा पहिले ट्राईकोडर्मा हर्जियानम (५ देखि १० ग्राम) प्रति कि.ग्रा. बीउ ३० मिनेट उपचार गर्ने,
ü  माटोमा ट्राईकोडर्मा हर्जियानम २.५ ग्राम प्रति ५० कि.ग्रा. कम्पोष्टमलमा मिस्रण बनाई बीउ रोप्नु भन्दा १० देखि १५ दिन अगाडी प्रति हेक्टर अदुवा लगाउने जमिनमा मिसाउने,
ü  अदुवा लगाउदा लगाउने कुलेसोमा प्रति रोपनी १०० कि.ग्रा. तोरी वा नीमको पीना र २.५ देखि ३ कि.ग्रा. टिमूरको धुलेको पनि प्रयोग गर्न सकिन्छ,
ü  पुनरनभा (Boerhaavia diffusa)    को जराबाट तयार गरेको १० प्रतिशतको झोल (एक्ट्र्याक्ट)को पानीको घोलमा रातभर बीउ गानो डुबाई उपचार गर्ने र १० प्रतिशत कै घोल एक हप्ताको फरकमा रोगको पहिलो लक्षण देखिएदेखि तीन पटक छर्किनाले उल्लेख्यमात्रामा यो रोग ७९ प्रतिशतसम्म कम भएको पाईएको छ (Pandy et al., 2010)
ü  साथै, जैविक तत्व जीवातु को प्रयोगले ईमाडोल गा.वि.स., ललितपुरमा २०६७ सालमा गरिएको परीक्षणको प्रारम्भिक नतिजाले अदुवाको गानो कुहिने रोग सजिलैसँग नियन्त्रण गरेको पाइएको छ ।

४. रासायनिक विधि (Chemical management)

कुनै पनि दैहिक ढुसीनासक (Systemic fungicide) विषादीले गानोबीउको उपचार गरेर यो रोगको व्यस्थापन गर्न सकिन्छ ।

ü  बीउ लागउनु अगाडी ईण्डोफिल एम ४५, (२.५ ग्राम) र बेभिष्टनि (१ ग्राम) प्रति लिटर पानीमा घोली बनाएको मिस्रणमा बीउलाई १ घण्टा डुबाएर उपचार गरिएको बीउ गानो मात्र रोप्ने वा रीडोमिल एम ७२ वा टपसीन एम वा एप्रोन डब्लुपी ३५ (दूई ग्राम) प्रति लिटर पानीको घोल तयार गरी २० मिनेट उपचार गर्ने र छायाँमा सुके पछि बीउ लगाउने, वा
ü  मेटालाक्जाईल (Metalaxyl) MZ ३ ग्राम प्रति लिटर पानीको मिस्रणमा बीउ उपचार गरी माटोमा Trichoderma harzianum १० कि.ग्रा., २५० कुण्टल कम्पोष्टमल र बनमाराको टुक्रा पारेको पात र डाँठ १०० कुण्टल प्रयोग गरी अदुवा लगाउनाले यो रोग निकै कम भएको पाईएकोछ (Shalini D. Sagar, 2006) । वा
ü  विरुवा उम्रेको एक महिना भित्र रोगको लक्षण देख्नासाथ ईण्डोफिल एम ४५ एक ग्राम र बेभिष्टिन वा रिडोमिल ०.५ ग्राम प्रति लिटर पानीको घोल जरासम्म भिज्ने गरी ड्रेन्चिङ गर्ने, वा
ü  चार पटक ब्लाईटक्स ५० (कपरअक्सिक्लोराईड)को ०.३ प्रतिशतको (३ ग्राम) प्रति लिटर पानी घोल तयार गरी १५ दिनको फरकमा बर्षा शुरु हुनु अघिदेखि माटोमा ड्रन्चिङ गर्ने,
ü  गानो कुहिने रोग देखिईसकेको छ भने डाईथेन एम ४५ (२.५ ग्राम), बेभिष्टिन (१ ग्राम) र क्लोरिपाईरिफस (२ एम.एल.) प्रति लिटर पानीमा घोल तयार गरी १५ दिनको फरकमा जरा भिज्ने गरी हाल्ने वा ड्रेन्चिङ गर्ने

५. अवरोधक जातको प्रयोग (use of resistant cultivars)

ü  बीउको छनोट गर्दा यो रोग प्रतिरोधक जातको छनोट गरेर पनि रोगबाट बच्न सकिन्छ ।
ü  नेपालमा कपुरकोट अदुवा १ र ZI 8501 जातको अदुवा गानो कुहिने रोग सहन सक्ने जात हुन् ।
ü  त्यसतै गरी Maran, Nadiya, Narasapattom भारतीय जातका अदुवा गानो कुहिने रोग (P. aphanidermatum) मध्यम सहन सक्ने जात हुन् ।

रोग व्यवस्थापनको लगि उपयूक्त भण्डारणको व्यवस्था

यो रोगको प्रमूख स्रोत बीउ नै भएकोले रोगको संक्रमणबाट बचाउन उपयूक्त भण्डारणको व्यवस्थापन गरी रोगको प्रकोपबाट बच्न सकिन्छ । बीउ भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरुः

ü  २ मि. वा आवस्यकतानुसार लम्बाई, १ मि. चौडाई र १ मि. गहिराईको खाडल छायाँ भैराख्ने ठाउँमा खन्ने, तयारी खाडलको भित्ता गोबरले लिपेर सुकेपछि बीउ उपचार गर्न तयार गरेको झोल खाडलको चारै तर्फ छर्ने। 
ü  पिंधमा ५ से.मि. काठको धुलो वा धानको भुस वा बालुवाको तह राख्ने,
ü  गानोबीउ ट्राईकोडर्माले ५ ग्राम प्रति लिटर वा डाईथेन एम ४५ बिषादी, (२.५  ग्राम) प्रति लिटर पानीको घोलमा ३० मिनेट उपचार गरी २४ घण्टा छायाँमा सुक्न दिने,
ü  सुकेको गानो बीउलाई खाडलमा मिलाएर राख्ने,
ü  त्यसपछि भुस वा बालुवाको पातलो तह माथिबाट राख्ने, एवं रितले खाडल भर्दै जाने । खाडल भरिन ४ औंला जति खालि राखेर प्वाल पारेको काठको फल्याकले ढाक्ने, यस माथि पराल वा खर रखेर घाम र पानीबाट जोगाउने।
ü  अर्को सिजनमा खाडलबाट बीउ निकालेर डाईथेन एम ४५ (२ ग्राम) र बेभिष्टिन (१ ग्राम) प्रतिलिटर पानीमा घोल तयार गरी उपचार गर्ने, र छायाँमा सुकाईसके पछि लगाउने।
------------------------------------------------------------------------------------------

सन्दर्भ स्रोतहरुः

A.k. Pandey, L.P. Awasthi, J.P. Srivastava and N.K. Sharma, 2010. Management of Rhizome Rot Disease of Ginger (Zingiber officinale Rose L.). Journal of Physiology, 2(9): 18-20.

K.C. Gobinda, J. Gautam and B. Acharya, 2069 BS. Ginger and Turmeric Improved Production Technology. National Ginger Research Program, Kapurkot, Salyan (Booklet in Nepali).

Md. Ziaur Rahman Bhuiyan, Md. Rafiqul Islam and Nazneen Sultana, 2013. Integrated Approach for Management of Rhizome rot in Ginger. J.Expt.Biosci., 4(1):83-88. Source: https://docs.google.com/file/d/0ByW-1TOyPqVNN3kxTV9KSnBvTFE/edit (Retrieved on 2013/07/08).

MoAD, 2012. Statistical Information on Nepalese Agriculture 2011/12, Agri-Business Promotion and Statistics Division, SinghDurbar, Kathmandu, Nepal.

MoAD, 2068 BS. Vegetable farming Technology, Ministry of Agriculture Development, Agribusiness Promotion and Statistical Division, Singhdurbar, Kathmandu, Nepal (Book in Nepali).

NP Dohroo, S. Kansal and N Ahluwalia, 2012. Status of Soft rot of Ginger (Zingiber officinale Roscoe), Department of Vegetable Science, Dr. Y.S. Parmar University of Horticulture and Forestry, Solan, India.

R.C. Shakywar, Krishna S. Tomar and M. Pathak, 2013. Integrated Diseases Managemen of Ginger Rhizome rot. Source: http://www.krishisewa.com/cms/disease-management/73-ginger-rhizome-rot.html (Retrieved on 2013-08-06).

Shalini D. Sagar, 2006. Investigation of the Etiology, Epidemiology and Integrated Management of Rhizome rot complex of Ginger and Turmeric. PhD. Thesis. University of Agriculture Sciences, Dharwad-580005, India.

Sheldon M. Elliott, 2003. Rhizome Rot Disease of Ginger, Crop and Plant Protection Unit, Ministry of Agriculture, Jamaika, West Indies. Srouce: http://www.moa.gov.jm/PlantHealth/data/ginger_rhizome_rot_disease.pdf (Retrieved on 2013/07/08).

Y.D. GC., K. Kafle and G. KC., 2067 BC. Aduwako gano kuhine tatha anya rog byawasthapan, Plant Protection Directorate, Department of Agriculture, Nepal (folder in Nepali).

Sunday, September 1, 2019

Exploring beautiful Salyan

I heard about Salyan for its popular Ginger and vegetable production being as an agriculturist. I visited a couple of times the district head quarter and worked earlier in the western part of the district. But I did not get much time to feel the salyan as a whole. I have got an opportunity to work and know the people of salyan and its potentiality specially in agriculture, as routine transfer of the officials.

On the last Friday, of Shrawan (2076), I started my journey at my home at 07:00 am by a jeep for the very new office which was about 195 Km away from the start. We had our lunch at Tulasipur and again drove ahead towards the destination. It was 01:30 pm while we reached the most awaited destination Zone office, where the existing staff welcomed with flowers and tika.
Welcome by PIU Salyan team


I joined PMAMP, PIU, Salyan on the 18th August, 2019 with managerial responsibility as my fifth office in my carrier. Salyan is a district of Karnali province with great potential in agriculture sector. The district covers 195178 hectares (1951.78 sq Km) of which 65.68% is forest, 19.60% agriculturally cultivated land and 12.7% uncultivated land. 
Shreenagar and SHARADA river at Salyan.
The next day was Saturday, I have been thinking of spending the holiday as it was the new place. I was lucky, as it was the second day after janai purnima to see cultural celebration by people of salyan (shreenagar) as Gaijatra (Janaipurnima). I roved around the shreenagar city and flat lands around in the evening time. There is very beautiful and productive flat lands through which SHARADA rives flows quietly.
Local people playing Gaijatra at Shreenagar (Salyan)
Formally, I started my office on the third day. I spent time with the existing colleges of the Zone office and tried to know the locations as well as the major outcomes of the office programs. The internal audit came for audit on  second official day which made me to know more about the work done by that unit. I got good opportunity to participate the meeting of chief of district offices on the third day which helped me to be familiar with the district government officials and chief district administrator within the first week at district administration office, Khalanga (district headquarter). After the completion of the meeting, I got warm welcome by the district officials in a welcome cum farewell ceremony organized by Karmachari Milankendra (a group of government officials). The office of District Administration is one of the historical place of the district, is the historical palace.
 
Group picture after welcome and farewell of incoming and outgoing staffs from the district.
Zone office is situated at the shreenagar (salyan); is the flat land among the hills through which well famous rives flows down providing very productive land for the people. I use to walk around the bajar and some times through the fields near the Shreenar.
Shreenagar Bajar on the background from the suspension bridge over the SHARADA river
I heard much about the Salyan for its popular production ie. Ginger. However, the district have potentialities of some other agricultural commodities too. There is great potential to expand the citrus, fresh vegetables and cereals mainly rice/maize specially in the flat lands created by the SAHARADA, MARMA and JIMALI rivers.
Beautiful paddy fields at flat land made by MARMA river around Ragechaur.
I got an opportunity to visit some places of northern and western part of the district. We, four staffs as a team visited KUMAKH RURAL MUNICIPALITY which one of the remote local levels of the district. We followed the way from Shreenagar through Tharmare (Bagchaur Municipality) and Chaurpani to RANGE CHAUR (head quarter of KUMAKH). Rangechaur is the place which connects the western Rukum. During the visit, we met with the Chief Administrative Officer and Agricultural technician of KUMAKH R.Municipality and discussed regarding the feasibility of rice and other agricultural commodity for the development of those sector. We were blocked by rose flood of JIMALI river around the catchment area.
Our team with chief administrative officer of KUMAKH R.Municipality (second from right)
The visiting team returned back from Rangechaur on the next day. It took about two hours to reach Tharmare (about 25 Kms) due to the rough roads. We met with the ASDP team and Bagchaur Municipality Officials at Bagchaur. There is Martyr gate at Bagchaur, shows the contribution of Salyani people (176 dead) during the last democratic movement. Then we met the precedent Ward no 1 of the SHIDDHA KUMAKH R.MUNICIPALITY and discussed about the Zone commodity for the commercialization. His views showed that he is quite enthusiastic towards the project activities. We visited few infrastructure supported by Zone and PACT as well near by the road heads. The infrastructures for collection and processing were not operating properly due to poor management of user groups which needs to upgrade the capacities on them about the  business operation plan and buyback arrangement.
Dhorchaur Agri-coop supported by PACT for ginger collection and processing at Siddhakumakh.
I enjoyed visiting the different places of the project sites and activities in last two weeks. In the third week, I explored a holly and historical touristic place of the Salyan ie. KUPINDE DAHA (a lake surrounded by the the hills). Its beautiful place with clear and seems deep green. It is about 25 Km west from the Khalanga through the Khalanga-Baluwasangrahi road which is gravelled, a bit rough in this season due to washout by rain.

Playing a boat in the KUPINDE LAKE.
Kupinde is the famous touristic place which is awaiting for fundamental facilities like resting place as well as foods and drinks availability on the site. There is only two shade houses which were not enough to resist rain, only gives shade on intensive light. The concerned local level needs to give their critical attention to develop Kupinde as tourism destination.
KUPINDE LAKE, Salyan



Friday, September 22, 2017

Resource center for subtropical and warm temperate fruits; Picture story


Resource center for the availability of sapling, necessary inputs and technology demonstration has very important role in the technology adoption. We have visited Central Horticulture Center, Kirtipur on 13 September 2017 as a part of a ToT training with 20 Horticulture Development Officers. This farm comprises fruit orchards, nursery structures, germplasm collection and is resource center for saplings of specific. The farm has very beautiful landscape of fruit plantation and fruit production technologies. Some of the glimpse of the CHF describes its function;
Mr. Padma Atreya, Fruit Development Officer (in the middle) orients the participants regarding CHF

Pear Production Block with net
Pear Production Block (open)


Trifoliate root stock for citrus in shade house


Mulched citrus in Citrus block

Persimon bagged with paper bag
Green house for germplasm conservation and nursery production

Kiwi Block
Horticulture Garden for refreshment

Friday, December 2, 2016

Traffic to expansion of farming in Nepal…


Nepal is a mountainous country, one of the rich country in water resources. Its second round, I have massively moved around the Rupandehi, One of the Terai districts where both the urbanization and mechanization is so rapid which have been leaving significant effect on the farming sector. I got opportunity to meet and experience the commercial farming conditions of the most commercialized vegetable farms ie. Suryapura and Kamhariya Villege Development Committees (VDCs) in Rupandehi district.

Thanks to Mr. Dhaniram Chaidhary, who is working for Jogada VDC as Junior Technicial under One Village One Technical Program, Department of Agriculture (DoA) for his company during the visit.

The farmers expressed the three most important things facing with their vegetable farming business as problems;

i) Scattered land

ii) Irrigation infrastructures, and

iii) Market arrangement including price.

The farmers of the above mentioned are involved in commercial vegetable farming who have lands to cultivate but are scattered in many places ranging from 5 to 30 minutes of walking distance which makes difficulties in the commercial production as well as mechanization and establishment of irrigation facilities eg. Shallow tube well. Most of the famers expressed their views that government has to bring some scheme for land pulling which will be helpful to expand the commercial farming of crops or vegetables.
Picture 1: Mr. Bijay Paasi (right); shows his 16 katthas of vegetables in 6 places
The most important input of agricultural production is irrigation facility which is too sparse, limits the agricultural productivity in the country. It was felt during the visit, out of all the visited farmers, demands for the establishment of irrigation facility. They could increase their vegetable production year round if they were given with a small shallow tube-well driven by diesel pump set (5HP) and delivery pipes.
Picture 2 : shallow tube-well of Parashuram Kewat, Suryapura-5, Baluhawa as temporary source of irrigation


The farmers also expressed bitter experience that the market price of their produce (vegetables) is unpredictable telling the story of price of cauliflower that the price of cauliflower per kilograms was above Rs. 25 two weeks ahead which has been dropped down to Rs. 15 in wholesales. However, the consumer are spending about Rs. 30 rupees per kilogram in the market. The farmers demand the forecast of the price of the commodity price so that they could plan for the upcoming season.
In conclusion, the Ministry of Agriculture Development (MoAD), Department of Agriculture (DoA) and District Agricultural Development Offices based in the districts are being involved in the expansion of agricultural technologies and provide very small physical infrastructure to support in the real field, from government sides. The twin facilities like land pulling and/or land clustering; and provision of year-round irrigation facility could contribute agricultural commercialization, significantly. Therefore, the government as well as development partners has to contribute in this direction.

Mr. Ghanashyam Chaudhary
Skype: Ghanashyam.chaudhary