Wednesday, June 3, 2015

पंचगाव्य (Panchagavya)

यो एक प्रांगारिक, बिशेष गरी गाईबाट प्राप्त हुने पाँच वस्तुबाट तयार गरिएको एक बेदिक मिश्रण हो | जसलाई बोटबिरुवामा प्रयोग गर्दा सकारात्मक प्रभाब पर्ने गरेको पाईएको छ | चन्द्रकला (२००८) ले प्रयोग गरेको बिधि तल उल्लेख गरिएको छ |

आवस्यक सामग्री
गाईको ताजा गोबर ७ कि.ग्रा.
गाईको गहुत                     ३ लिटर
गाईको दुध                       २ लिटर
गाईको दही                      २ लिटर
गाईको घ्यू                        १ कि.ग्रा.
नरिवल पानि                     २ लिटर
पाकेको केरा                     १२ वोटा
यीस्ट                              १०० ग्राम
सक्कर                            २५० ग्राम

बनाउने तरिका
v पंचगाव्य तयार गर्न माटो, सिमेन्ट वा प्लास्टिकको खुला मुख भएको भाँडो प्रयोग गर्नु पर्दछ (धातुको भाँडो प्रयोग नगर्ने),
v  ताजा गोबर र घिउ एउटा भाँडोमा मिसाई दुई दिनसम्म राख्ने, हरेक दिन एक पटक चलाउने
v  तेस्रो दिन, ३ लिटर दुध र १० लिटर पानी घिउ र गोबरको मिश्रणमा मिसाई १२ दिन कुहिन दिने
v  त्यस पछि २ लिटर दही, १०० ग्राम यीस्ट, २ लिटर नरिवल पानी, २५० ग्राम सक्खर र १२ वोटा पकेको केरा एक ठाउमा मोलेर मिसाएर पहिले तयार गरिएको मिश्रणमा मिलाउने
v  तयार भएको अन्तिम मिश्रणलाई दैनिक ३ पटक चलाउने, मिस्रणलाई १५ दिनसम्म छायाँमा कुहिन दिने
v  यसरी एक महिनामा तयार भएको पंचगाव्य ६ महिना सम्म प्रयोग गर्न सकिन्छ |

रासायनिक प्रतिक्रिया तथा पोषक तत्व
यसरी तयार गरिएको पंचगाव्यमा तल उल्लेखित रासायनिक प्रतिक्रिया र पोषक तत्वहरु पाइएका छन्;
पी.एच. ६.०१, प्रांगारिक कार्बन ०.७८%, नाइट्रोजन ०.०३%, फोस्फोरस ०.०२%, पोटासियम ०.०४%, फलाम ०.८४ मिलिग्राम/कि.ग्रा., तामा ०.२१ मिलिग्राम/कि.ग्रा., जिंक ०.२३ मिलिग्राम/कि.ग्रा. र म्यन्गानिज ०.२१ मिलिग्राम/कि.ग्रा. |
यसमा बिरुवामा पाइने सबै तत्व रहेको तथा IAA GA हर्मोन रहेको पनि रेकर्ड गरिएका छन् |

प्रयोग
तयारी पंचगाव्य सुतीको कपडाले छानेर ३ प्रतिशत घोल (३० मिलिलिटर १ लिटर पानीमा) तयार गरि स्प्रेयरको सहायताले बोटबिरुवामा १५ दिनको फरकमा छर्कन सकिन्छ |

सन्दर्भ स्रोत:
Chandrakala, M. 2008. Effect of FYM and Fermented Liquid Manures on Yield and Quality of Chilli (Capsicum annuum L.). Master Thesis. University of Agricultural Sciences, Dharward.
Natarajan, K. ------ Panchagavya – A manual. Other India Press, Mapusa, Goa, India, pp: 37.
Sangeetha, V and Thevanathan, R. 2010. Effect of Panchagavya on Nitrate Assimilation by Experimental Plants. The journal of American Science. 2010:6(2):76-82.
Tharmaraj, K., Ganesh, P., Suresh Kumar, R., Anandan, A. and Kolanjinathan, K. 2011. A Critical Review on Panchagavya- A Boon Plant Growth. International Journal of Pharmaceutical & Biological Archives. 2011; 2(6):1611-1614

No comments:

Post a Comment