Tuesday, July 22, 2014

कृषि उपजमा असुरक्षित विषादीको अवशेष; दिगो समाधान खोजिनु पर्छ !



जैविक बिषादी
  
अहिले तरकारीमा खान योग्य सुरक्षित स्तर भन्दा बढी भएको कुरा संचार माध्यमहरुमा निकै चर्चामा छ | कृषकहरुको बालीमा कीरा र रोग लाग्दा तिनको व्यस्थापन गर्न बिषादी प्रयोग गर्न सरकारी प्रसारले नै प्रोत्साहित गर्यो | ती बिषादी बेच्ने ब्यापारीहरु रातारात धन कमाउन सफल भए, हाल आएर त्यसको नकरात्मक असर समेत देखिन थाले पछि कृषक मारमा पर्न थाले |

अहिले नेपाल सरकारले कृषि उत्पादनमा बिषादीहरुको स्तर मापन तथा नियन्त्रण गर्न निर्देशिका जारी गरेको छ र राष्ट्रको ठुलो थोक बजारमा मात्र परिक्षण गर्न थालेको छ |


मेरो बिचारमा, बिषादी नियन्त्रण गर्न एकिकृत रणनीति बनाएर लागु गर्नु पर्दछ |




१.      ब्यापकरुपमा अनुसन्धान गरी कृषकहरुलाई हानिकारक बिषादीको प्रयोग बिना बाली उत्पादन गर्ने प्रविधि सरकारले दिन सक्नु पर्दछ,
२.      जैविक वा बनास्पतिमा आधारित बिषादीलाई बढावा दिन यसको उत्पादन गर्न अनुदानको व्यवस्था मिलाउन पर्छ | रास्ट्रमै पनि यस्ता पदार्थको उत्पादन गरी सर्ब सुलभ रुपमा पाउने गरी उत्पादन प्रोत्साहन गर्न आवस्यक छ,
३.      रासायनिक पदार्थ प्रयोग नगरी उत्पादन गरिएको कृषि उपजलाई बढी मूल्य दिने व्यस्था मिलाउनु पर्दछ,
४.      IPM कार्यक्रमलाई बृहद र देश ब्यापी बनाई लागु गर्न पर्दछ ,
५.      Allow only chemicals having less residual effect.
६.      हानिकारक रासायनिक बिषादीहरुको आयातमा प्रतिबन्ध गरी बिक्रि वितरण मै प्रतिबन्ध लगाउन पर्छ ,
७.      सुरक्षित स्तर भन्दा बढी बिषादी भएका कृषि बस्तुको आयातलाई पनि प्रतिबन्धित गर्नु पर्छ ,
८.      रासायनिक स्तर मापन ल्याब देशका हरेक क्षेत्रमा स्थापना गरी जांच कार्य बढाउनु पर्दछ ,


सरकारले नियन्त्रण मात्र गर्ने हो भने मर्ने सोझा किसान मात्र हुन् | आर्थिक रुपमा क्षति पुर्याउने बालीमा लाग्ने रोग र कीरा व्यवस्थापन गर्न समाधान पनि सरकारले सुझाउन पर्दछ अनि कुन स्तर सम्म प्रयोग गर्न पाइन्छ सो को छिनोफानो पनि हुन् जरुरि छ |

Monday, July 21, 2014

Winter Bean Diversity in Western Terai of Nepal



पस्चिम तराइमा सिमीको बिबिधता

Winter bean plant
सिमीको बैज्ञानिक नाम Dolichos lablab हो | यो कोसेबाली परिवार अन्तर्गतको एउटा बाली हो | यसलाई देशको बिभिन्न ठाउमा ठाउँमा हिउदे सिमी, सेम, सिमी आदि नामले चिनिन्छ | स्थानीय रुपमा सिमी एक बहु बर्षीय लहरे तरकारी बाली भए पनि मौसमी बलिको रुपमा बर्षेनी लगाइन्छ | मध्य पहाड र तराइमा पूर्ब देखि पश्चिम सम्म घरबगैंचा वा करेशाबरिमा लगाउने गरेको पाइन्छ | यसका हरिया कोष तरकारीका रुपमा पकाएर खाने गरिन्छ भने सुकेका दाना पनि तरकारी र दालको रुपमा प्रयोग हुने गरेको छ | यसलाई घर वरपरको खेर गएको जमिन जस्तै आँगन वरपर, मलखादको छेउछाउ, बारीको बार, जुठेल्नोको छेउमा यसले स्थान पाउछ | यसको पोषणमा निकै ठुलो महत्व रहेको छ, तै पनि सिमीको खेतीले व्यवसायिक खेती तर्फ त्यति महत्व पाइरहेको छैन | यो प्रोटिनको मुख्य स्रोत हो | सन् २००७ मा पोषणको लागि घरबगैंचा प्रवर्धन कार्यक्रमको सिलसिलामा ताराताल ६, गंगावस्ती, बर्दिया र लक्ष्मीपुर ९, पदाव, कन्चनपुरमा सिमीको बिबिधता प्रदर्शन तथा बिउ साटासाट कार्यक्रमको क्रममा १९ प्रकारका सिमीका बिबिधतापाइएको थियो (तल चित्रमा दिईएको छ) | यी सिमीको व्यवहारिक रुपमा कस्ता गुण रहेका छन् भन्ने बारेमा पनि कुरा गर्दा कुनै एकदम स्वादिलो छ भने कुनैको उत्पादन बढी छ | त्यस्तै कुनै छिटो फल्छ र अर्का थरि लामो समय सम्म फलीरहन्छ | पश्चिम तराइमा सिमीको बिबिधता धेरै पाइन्छ तर यसको अध्यन अनुसन्धान भइ सकेको छैन | यी रैथाने सिमीको अध्यन गरी बिभिन्न जातको विकास गरेर व्यवसायिक उत्पादनको राम्रो सम्भावना रहेको छ |

सिमीका विभिन्न जातहरु
सिमका जातहरुका कुनै बिशेस नाम दिईएको पाईदैन | सिमीको आकार, उत्पादन हुने समय र रंगको आधारमा नामाकरण गरेको पाईन्छ | यसको लागि कृषकहरुलाई नै बर्गीकरण गर्न सहजीकरण गरिएको थियो जस अनुसार कृषकहरुले यी जातहरुलाई तीनवटा फरक जातहरुमा बर्गिकरण गरेका थिए |

(White varieties of winter bean)

(Colored varieties of winter bean)

(Green varieties of winter bean)
पश्चिम तराइमा पाईएका सिमिका जातहरुको तुलनात्मक गुणहरु
हालसम्म नेपालमा स्थानीय सिमीमा अध्यन र अनुसन्धान गरेको बिबरण पाईदैन | कृषकहरु संग  कुन जातमा कुन गुण छ भन्ने तुलना गर्दा तल चित्रमा उल्लेख गरे अनुसार कृषकहरुको अनुभब पाईएको थियो | जातीय गुणको तुलानामक फरक छुट्टयाउदा त्यस गुणमा सबभन्दा उत्तमलाई ३ अंक, मध्यमलाई २ अंक र न्यूनलाई १ अंक दिने भनेर सहजीकरण गरीएको थियो | जस अनुसार चार वोटा बर्गीकरण ; तुलनात्मक रुपमा स्वादिलो, छिटो फल दिने, बढी कोषा उत्पादन दिने र बढी बिउ उत्पादन दिने जातहरु पाईएको थियो |
(Relatively testy varieties)

(Relatively early varieties)

(Relatively high yielding variety)

(Relatively more seed yielding varieties)