पस्चिम तराइमा सिमीको बिबिधता
 |
| Winter bean plant |
सिमीको बैज्ञानिक नाम Dolichos lablab हो | यो कोसेबाली परिवार अन्तर्गतको एउटा बाली हो | यसलाई देशको बिभिन्न ठाउमा ठाउँमा हिउदे
सिमी, सेम, सिमी आदि नामले चिनिन्छ | स्थानीय रुपमा सिमी एक बहु बर्षीय लहरे
तरकारी बाली भए पनि मौसमी बलिको रुपमा बर्षेनी लगाइन्छ | मध्य पहाड र तराइमा पूर्ब
देखि पश्चिम सम्म घरबगैंचा वा करेशाबरिमा लगाउने गरेको पाइन्छ | यसका हरिया कोष
तरकारीका रुपमा पकाएर खाने गरिन्छ भने सुकेका दाना पनि तरकारी र दालको रुपमा
प्रयोग हुने गरेको छ | यसलाई घर वरपरको खेर गएको जमिन जस्तै आँगन वरपर, मलखादको छेउछाउ,
बारीको बार, जुठेल्नोको छेउमा यसले स्थान पाउछ | यसको पोषणमा निकै ठुलो महत्व
रहेको छ, तै पनि सिमीको खेतीले व्यवसायिक खेती तर्फ त्यति महत्व पाइरहेको छैन | यो
प्रोटिनको मुख्य स्रोत हो | सन् २००७ मा पोषणको लागि घरबगैंचा प्रवर्धन कार्यक्रमको
सिलसिलामा ताराताल ६, गंगावस्ती, बर्दिया र लक्ष्मीपुर ९, पदाव, कन्चनपुरमा सिमीको
बिबिधता प्रदर्शन तथा बिउ साटासाट कार्यक्रमको क्रममा १९ प्रकारका सिमीका बिबिधतापाइएको
थियो (तल चित्रमा दिईएको छ) | यी सिमीको व्यवहारिक रुपमा कस्ता गुण रहेका छन् भन्ने
बारेमा पनि कुरा गर्दा कुनै एकदम स्वादिलो छ भने कुनैको उत्पादन बढी छ | त्यस्तै
कुनै छिटो फल्छ र अर्का थरि लामो समय सम्म फलीरहन्छ | पश्चिम तराइमा सिमीको बिबिधता
धेरै पाइन्छ तर यसको अध्यन अनुसन्धान भइ सकेको छैन | यी रैथाने सिमीको अध्यन गरी
बिभिन्न जातको विकास गरेर व्यवसायिक उत्पादनको राम्रो सम्भावना रहेको छ |
सिमीका विभिन्न जातहरु
सिमका जातहरुका कुनै बिशेस नाम दिईएको पाईदैन | सिमीको आकार, उत्पादन हुने समय र रंगको आधारमा नामाकरण गरेको पाईन्छ | यसको लागि कृषकहरुलाई नै बर्गीकरण गर्न सहजीकरण गरिएको थियो जस अनुसार कृषकहरुले यी जातहरुलाई तीनवटा फरक जातहरुमा बर्गिकरण गरेका थिए |
 |
| (White varieties of winter bean) |
 |
| (Colored varieties of winter bean) |
 |
| (Green varieties of winter bean) |
पश्चिम तराइमा पाईएका सिमिका जातहरुको तुलनात्मक गुणहरु
हालसम्म नेपालमा स्थानीय सिमीमा अध्यन र अनुसन्धान गरेको बिबरण पाईदैन | कृषकहरु संग कुन जातमा कुन गुण छ भन्ने तुलना गर्दा तल चित्रमा उल्लेख गरे अनुसार कृषकहरुको अनुभब पाईएको थियो | जातीय गुणको तुलानामक फरक छुट्टयाउदा त्यस गुणमा सबभन्दा उत्तमलाई ३ अंक, मध्यमलाई २ अंक र न्यूनलाई १ अंक दिने भनेर सहजीकरण गरीएको थियो | जस अनुसार चार वोटा बर्गीकरण ; तुलनात्मक रुपमा स्वादिलो, छिटो फल दिने, बढी कोषा उत्पादन दिने र बढी बिउ उत्पादन दिने जातहरु पाईएको थियो |
 |
| (Relatively testy varieties) |
 |
| (Relatively early varieties) |
 |
| (Relatively high yielding variety) |
 |
| (Relatively more seed yielding varieties) |
No comments:
Post a Comment